नियम ८९
सेवा अवधिको गणना

(१) यस परिच्छेदको प्रयोजनका निमित्त सेवा अवधिको गणना गर्दा सैनिक व्यक्ति नेपाली सेनाको कुनै पदमा स्थायी नियुक्ति भई सेवा गरेको जम्मा अवधि (बीचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदान पाइसकेको व्यक्ति पुन नेपाली सेनाको पदमा नियुक्ति भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा अवधि जोडिनेछ ।
(३) उपनियम (१) बमोजिम सेवा अवधि गणना गर्दा निलम्वन रहेको अवधिलाई समेत गणना गरिनेछ ।